देशभर शान्तिपूर्ण रूपमा मतदान चल्दै : निर्वाचन आयोग

काठमाडौँ । देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अघि ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो लागेको छ । मतदानमा वृद्ध वृद्धा, अशक्त, गर्भवती, सुत्केरी लगायतको पनि उत्साहजनक सहभागिता छ ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि मतदान सुरु भएको हो । चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकामा पुरुष मतदाताको सङ्ख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार ५३० छ ।


प्रकाशित | ३० बैशाख २०७९, शुक्रबार १०:२१