भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेको दोब्बर बढीले अग्रता, कसको कति मत ?

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेले दोब्बर मतका साथ अग्रता लिएको छ । प्राप्त पछिल्लो परिणाम अनुसार सुर्यबिनायक नगरपालिकामा नेकपा एमालेका उम्मेदवार बाशुदेव थापाले दोब्बर मतका साथ अग्रता लिनुभएको हो । ४५० मत गन्दा थापाले २१८ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी उप प्रमुखकी एमाले उमेदवार सरिता भट्टराईले पनि २१८ मत नै प्राप्त गर्नु भएको छ ।त्यसैगरी गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका उमेदवार निसान ढुगेलले ८७ मत प्राप्त गर्नु भएको छ । त्यस्तै राप्रपाका राधिका रानाभाटले ७४ मत प्राप्त गर्नु भएको छ । उप प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा एसका श्यामसुन्दर बस्नेतले ८० मत ल्याउनु भएको छ ।


प्रकाशित | ३१ बैशाख २०७९, शनिबार १०:१५