मध्याह्नसम्म ३५ प्रतिशत मतदान, केही घटनाका कारण मतदान प्रभावित

काठमाडौँ । मुलुकभर आज भइरहेको स्थानीय तह निर्वाचनमा मध्याह्नसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकका ७५३ वटै स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।

आयोगका अनुसार १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भइसकेको छ । अधिकांश स्थानमा शान्तिपूर्ण मतदान नै भइरहेको तर केही स्थानमा छिटफुट घटनाहरुका कारण मतदान प्रभावित पनि भइरहेको आयोगको भनाइ छ ।

तनाव उत्पन्न भएका विभिन्न स्थानमा मतदान अवरुद्ध भए पनि सुचारु गर्दै शान्तिपूर्ण बनाउने प्रयास जारी रहेको आयोगका अधिकारीहरु बताउँछन् ।


प्रकाशित | ३० बैशाख २०७९, शुक्रबार १३:३९