उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तरगत शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई शनिबार निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय भएको निर्वाचन आयोगले जनाएको छ । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने छ । यसअघि वैशाख १२ […]

स्थानीय तह निर्वाचन : कागेश्वरी मनोहरामा चुनावी रौनक बढ्दै

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा स्थानीय तह निर्वाचनमा रौनक बढ्दै गएको छ । उम्मेदवारी दर्तासँगै विभिन्न दलका उम्मेदवार मत आफ्नो पक्षमा पार्ने योजनामा लागेसँगै चुनावी सरगर्मी बढेको हो । स्थानीय तह निर्वाचनमा मत आफ्नो पक्षमा पार्न नेकपा एमालेका उम्मेदवारहरु आन्तरिक छलफलमा जुटेका छन् । एमालले शुक्रबार उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ । कागेश्वरी मनोहरामा एमालले […]

आईतबारबाट गठबन्धन दलले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

काठमाडौँ । पाँच दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ । चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् । संयुक्त चुनावी सभा आइतबार (१८ वैशाखमा)सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ । सोमबार (१९ वैशाखमा) लुम्बिनी प्रदेशको […]

एमालेसँग गरिएका तालमेल खारेज गर्ने सत्तागठबन्धनको निर्णय

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै सत्तागठबन्धनबाहेक गरिएका चुनावी तालमेल खारेज गर्ने सहमति गरेका हुन्। ‘पाँचदलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने,’ […]

स्थानीय तह निर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन गरिने

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ । विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका करिब १५ जना व्यक्तिको उम्मेदवारी खारेज भएको आयोगले […]

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी र विरोधको उजुरी दिन पाइने

काठमाडौँ । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबीरविरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन । तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । […]

स्थानीय तह निर्वाचनका लागि १ लाख २३ हजार बढी उम्मेदवारको मनोनयन

काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा साढे एक लाख उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबार र सोमबार गरी १ लाख २३ हजार ४ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि) गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने […]