आठौं राष्ट्रिय खेलकुद : फेन्सिङमा आर्मीले जित्यो तीन स्वर्ण

बाँके : चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगितामा आर्मीले ३ स्वर्ण जितेको छ। आठौं राष्ट्रिय खेलकुद प्रतियागिता अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगितामा आर्मीले ३ स्वर्ण जितेको हो । त्यस्तै, महिला व्यक्तिगत इपीमा आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जित्नुभयो । इन्दिराले एपीएफकी जानुका स्याङ्तानलाई १५–८ ले पराजित गर्नुभयो । एपीएफका अनिता कार्की र पूजन कुमालले कांस्यमा चित्त बुझाउनुभयो । […]

आईसीसी यू–१९ विश्वकपको एसिया छनोट यात्रा सुरु : सिंगापुरसँग पहिलो खेल खेल्दै नेपाल

काठमाडौं : नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टिमले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने आईसीसी यू–१९ विश्वकपको एसिया छनोटको यात्रा सुरु गर्दैछ। मलेसियामा शुक्रबार हुने आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष स्थानमा रहने टिम विश्वकपका लागि छनोट हुने भएकाले नेपालको लक्ष्य शीर्ष स्थान नै हो। सिंगापुरविरुद्ध मैदानमा उत्रिँदा नेपाल बलियो मनस्थितिमा हुनेछ। पछिल्लो […]

इण्डियन प्रिमियर लीग : घरेलु टोली राजस्थान ४ विकेटले पराजित, चेन्नईको छैटौं जित

एजेन्सी : इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटको बिहिबार राति भएको रोमान्चक खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दे चेन्नई सुपर किङ्सले छैटौं जित निकालेको छ। शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सले छैटौं जित निकालेको हो । जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईले पुरै २० ओभर खेल्दै ६ विकेट […]

ओलम्पिक छनोटको दोस्रो चरण खेलेर महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फीर्ता भएको छ । टोली ओलम्पिक छनोटको दोस्रो चरण खेलेर बिहीबार स्वदेश फर्केको हो । म्यानमारमा छनोटका ३ खेल खेल्दै नेपाली टोली फर्केको हो । महिला टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेकोको महिला कमिटिका अध्यक्ष वृन्दा देवान लगायतका पदाधिकारीले स्वागत गर्नुभएको थियो । चार टोलीको […]

आठौं राष्ट्रिय खेलकुद : स्क्वासमा अमृत र दीपक सेमिफाइनलमा

काठमाडौं : आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको सेमिफाइनलमा गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश २ का दीपक थापा प्रवेश गर्नुभएको छ । ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले विभागीय नेपाल एपीएफ क्लबका उमित शाक्यलाई ३–० को सोझो सेटमा पराजित गर्नुभयो । उमितमाथि ११–५, ११–२ र ११–८ को सोझो सेटमा जित निकाल्नुभयो । […]

हक्कीमा पुलिससँग गण्डकी प्रदेश स्तब्ध

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबले गण्डकी प्रदेशसामू स्तब्ध भएको हो । नेपाल पुलिसले ५–० गोलले स्तब्ध पारेको हो ।  नेपाल पुलिसका तर्फबाट पाँच गोल रोमन राणाले गर्नुभयो । उहाँले खेलको १० औँ, १२ औँ, ३८ औँ, ४५ औँ र ५५ औँ […]

च्यापियन्स लीग: म्यान्युको गोलमा बार्सिलोना विजयी

एजेन्सी : च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ। बुधबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडको आत्मघाती गोल उपहार पाएपछि बार्सिलोना १–० ले विजयी भएको हो। खेलको १२ औं मिनेटमा लुक शले गरेको आत्मघाती गोल नै बार्सिलोनाका लागि जीतको उपहार बन्यो। बार्सिलोनाका लुईस सुवारेजले प्रहार गरेको बल लुक शको टाउकोमा […]