च्यापियन्स लीग: म्यान्युको गोलमा बार्सिलोना विजयी

एजेन्सी : च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ। बुधबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडको आत्मघाती गोल उपहार पाएपछि बार्सिलोना १–० ले विजयी भएको हो। खेलको १२ औं मिनेटमा लुक शले गरेको आत्मघाती गोल नै बार्सिलोनाका लागि जीतको उपहार बन्यो। बार्सिलोनाका लुईस सुवारेजले प्रहार गरेको बल लुक शको टाउकोमा लागेर गोलमा परिणत भएको थियो। खेलको १२ औं मिनेटमा बार्सिलोनाका लुइस सुवारेजको हेड डिफेन्डर शलाई लाग्दै गोलमा परिणत भएको थियो।

यो जितसँगै बार्सिलोनाले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। अब बार्सिलोनाले घरेलु मैदानमा म्यानचेष्टर युनाईटेडसँग दोस्रो लेग खेल्नेछ। बुधबार राति नै भएको खेलमा अयाक्स र युभेन्टसले एक एक गोलको बराबरी खेले। पहिलो हाफको अन्तिम मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएपनि दोस्रो हाफको पहिलो मिनेटमै अयाक्सका डेभिड निरिसले बराबरी गोल फर्काएका थिए।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार ०८:२६