हक्कीमा पुलिससँग गण्डकी प्रदेश स्तब्ध

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबले गण्डकी प्रदेशसामू स्तब्ध भएको हो । नेपाल पुलिसले ५–० गोलले स्तब्ध पारेको हो ।  नेपाल पुलिसका तर्फबाट पाँच गोल रोमन राणाले गर्नुभयो । उहाँले खेलको १० औँ, १२ औँ, ३८ औँ, ४५ औँ र ५५ औँ मिनेटमा गोल गर्नुभएको हो । पुलिस क्लबमा प्रदेश ५ को टिमबाट खेलिसकेका सात जना खेलाडी समावेश रहेका छन्। अहिले नेपाल आर्मी र प्रदेश २ बीच दोस्रो खेल भइरहेको छ। बेलुकी तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बीच हुने आयोजकले बताएको छ ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १२:०५