आठौं राष्ट्रिय खेलकुद : फेन्सिङमा आर्मीले जित्यो तीन स्वर्ण

बाँके : चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगितामा आर्मीले ३ स्वर्ण जितेको छ। आठौं राष्ट्रिय खेलकुद प्रतियागिता अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगितामा आर्मीले ३ स्वर्ण जितेको हो । त्यस्तै, महिला व्यक्तिगत इपीमा आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जित्नुभयो । इन्दिराले एपीएफकी जानुका स्याङ्तानलाई १५–८ ले पराजित गर्नुभयो । एपीएफका अनिता कार्की र पूजन कुमालले कांस्यमा चित्त बुझाउनुभयो ।

महिला व्यक्तिगत साबरमा आर्मीकी कमला श्रेष्ठले फाइनलमा आफ्नै क्लबकी अस्मिता बस्नेतलाई १५–१० ले हराउँदै शीर्ष स्थान कब्जा गर्नुभयो । प्रदेश ३ की शिक्षा नापित र आर्मीकी रविना थापा तेश्रो हुनुभयो। पुरुष व्यक्तिगत फोइल स्पर्धामा आर्मीका जलिन्द्रबहादुर शाही विजेता बन्नुभयो। उहाँले फाइनलमा आर्मीकै राजनराज खड्काको चुनौती १५–११ ले पन्छाउन सफल हुनुभयो । एपीएफका ज्ञानेन्द्र तिम्सिना र शेरसिंह ऐरी तेश्रो स्थानमा रहनुभयो ।


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार ०८:३६