इण्डियन प्रिमियर लीग : घरेलु टोली राजस्थान ४ विकेटले पराजित, चेन्नईको छैटौं जित

एजेन्सी : इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटको बिहिबार राति भएको रोमान्चक खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दे चेन्नई सुपर किङ्सले छैटौं जित निकालेको छ। शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सले छैटौं जित निकालेको हो ।

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर पुरा गर्यो। चेन्नईको जितमा कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले अर्धशतकीय इनिङ्स खेले। धोनीले ५८ रन जोड्दा रायडुले ५७ रन बनाए। मात्र २४ रन जोड्दा ४ विकेट गुमाईसकेको चेन्नईका लागि धोनी र रायडुले उकासेका थिए। यस्तै मिचेल स्टाननरले अविजित १० तथा रविचद्र जडेडा अविजित ९ रन बनाए। राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए।

यस्तै धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक एक विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर खेल्दै ७ गुमाएर १५१ रन बनाएको थियो। जितसंगै शीर्ष स्थानको चेन्नईले ७ खेलबाट १२ अंक जोडेको छ। ६ खेलमा २ अंक जोडेको राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा छ ।


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार ०७:२८