इन्डियन प्रिमियर लिग: मुम्बईसँग खेल्दै दिल्ली

एजेन्सी: इन्डियन प्रिमियर लिग (आईपीएल) को ३४ औं खेलमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८ १५ देखी दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुनेछ । दुवै टोली छैटौं जितको खोजिमा छन् । यसअघि मुम्बईको घरेलु मैदानमा दिल्ली ३७ रनले विजयी भएको थियो । दिल्ली ८ […]

यु–१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै

काठमाडौं : आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप खेल्ने नेपाली यू१९ टोलीको सपना अधुरै बनेको छ । मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेपछि नेपालको सपना अधुरै भएको हो । ओमानले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य यूएईले […]

सिटीलाई पछि पार्दै टोटेनहम सेमिफाइनलमा

एजेन्सी : नाटकीय बनेको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीलाई अवे गोलमा पछि पार्दै टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीको मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीसँग ४–३ ले पराजित भएपनि समग्रमा ४–४ को बराबरी हुदा अवे गोलमा टोटेनहम अन्तिम चारमा पुग्न सफल भएको हो । नाटकीय बनेको खेलको चौथो मिनेटमा […]

विश्वकप क्रिकेटका लागि इंग्ल्यान्डको १५ सदस्यीय टोली घोषणा

लन्डन (एजेन्सी): इग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकप क्रिकेटका लागि इंग्ल्यान्डले १५ सदस्यीय क्रिकेट टोलीको बुधबार घोषणा गरेको छ । घोषणा गरेको टोलीमा युवा खेलाडी जोफ्रा आर्चर र साम कुरनले स्थान बनाउन सकेनन । आईसीसी वान डे वरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्यान्डलाई यस पटक उपाधिको दाबेदार टोली मानिएको छ । विश्व […]

एसीसी यु–१६ खेल्ने नेपाली टोलीको घोषणा : बिशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोली

काठमाडौं: एसियन क्रिकेट परिषद (एसीसी) ले यु–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली यु–१६ टोलीको घोषणा गरेको छ । टोलीको कप्तानी बिशाल विक्रम केसीले गर्ने भएका छन्। यु–१६ टोलीमा कप्तान केसीसँगै आशिष भट्राई, प्रशान्त महत, अर्जुन कुमाल, दीपक बोहरा छन् भने सुवास ऐर, निखिल कुमार सिंह, विशाल कुमार पटेल पनि टोलीमा छन् । […]

युरोपेली च्याम्पियन्स लिग: युभेन्टसलाई हराउँदै आयाक्स सेमिफाइनलमा

एजेन्सी : क्रिस्टियानो रोनाल्डोले अग्रता दिलाएपनि युभेन्टस युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबारको खेलमा आयाक्ससँग २-१ ले पराजित भएको छ । समग्रमा ३-२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरिँदा आयाक्स भने सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको २८ अौं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर त्यसको ६ मिनेट नबित्दै आयाक्सका लागि भान […]

क्रिकेट वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार देखिएको छ । एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल १४ औं स्थानमा छ । यसअघि नेपाल १५ औं स्थानमा थियो । टी ट्वान्टी वरीयतामा पनि नेपाल १४ औं स्थानमा छ । वरीयताको […]