युरोपेली च्याम्पियन्स लिग: युभेन्टसलाई हराउँदै आयाक्स सेमिफाइनलमा

एजेन्सी : क्रिस्टियानो रोनाल्डोले अग्रता दिलाएपनि युभेन्टस युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबारको खेलमा आयाक्ससँग २-१ ले पराजित भएको छ । समग्रमा ३-२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरिँदा आयाक्स भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको २८ अौं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर त्यसको ६ मिनेट नबित्दै आयाक्सका लागि भान डेर बिकले अफसाइड ट्र्याप बिट गर्दै बराबरी गोल फर्काए । पहिलो हाफ १(१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ६७अौं मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल गर्दै अग्रता दिलाए । उनले लास स्कोनेको कर्नरमा हेडर गोल गरेका थिए । पहिलो हाफको तुलनामा दोस्रो हाफमा चुस्त प्रदर्शन गरेको आयाक्सले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र टोटनहम हट्सपरको विजेतासँग खेल्नेछ ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार ११:५७