एसीसी यु–१६ खेल्ने नेपाली टोलीको घोषणा : बिशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोली

काठमाडौं: एसियन क्रिकेट परिषद (एसीसी) ले यु–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली यु–१६ टोलीको घोषणा गरेको छ । टोलीको कप्तानी बिशाल विक्रम केसीले गर्ने भएका छन्।

यु–१६ टोलीमा कप्तान केसीसँगै आशिष भट्राई, प्रशान्त महत, अर्जुन कुमाल, दीपक बोहरा छन् भने सुवास ऐर, निखिल कुमार सिंह, विशाल कुमार पटेल पनि टोलीमा छन् । त्यस्तै, क्रृश कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज वीके, प्रशान्त सिंह र सुशान्त थापा टोलीमा रहेका छन् । टोलीको वैकल्पीक खेलाडीमा अभिषेक गौतम, परशुराम यादव, अरबाज अनसारी र विवेक दरासि छन् ।

नेपाली टोलीको नेतृत्व टिम व्यवस्थापक सुन्दीप शर्माले गर्नेछन् भने मुख्य प्रशिक्षकमा वसन्त शाही र फिजियोथेरापिस्टमा दिनेश भट्ट छन् । प्रतियोगिता थाइल्यान्डमा अप्रिल २० देखि २८ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित पूर्वी क्षेत्रका ८ टिम रहेका छन् । प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा बिभाजन गरीएको छ । नेपाली टोली समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा नेपालसहित मलेसिया, म्यानमार र आयोजक थाइल्यान्ड रहेका छन् । यस्तै, समूह ‘बी’ मा सिंगापुर, हङकङ, चीन र भुटान छन् ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १४:२०