इन्डियन प्रिमियर लिग: मुम्बईसँग खेल्दै दिल्ली

एजेन्सी: इन्डियन प्रिमियर लिग (आईपीएल) को ३४ औं खेलमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८ १५ देखी दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुनेछ । दुवै टोली छैटौं जितको खोजिमा छन् । यसअघि मुम्बईको घरेलु मैदानमा दिल्ली ३७ रनले विजयी भएको थियो ।

दिल्ली ८ खेलमा ५ मा जित र ३ मा हारका साथ १० अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । समान खेलमा ५ मा जित र ३ मा हारका साथ नेट रन रेटमा दिल्ली भन्दा पछि परेको मुम्बई तेस्रो स्थानमा छ । आजको खेलमा मुम्बई विजयी भए दोस्रो स्थानमा उक्लनेछ । दोस्रो स्थानमा कायमै रहन दिल्लीलाई आजको खेल जित्नुपर्ने हुन्छ । दिल्ली श्रेएस ऐर र मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १७:०१