विश्वकप क्रिकेटका लागि इंग्ल्यान्डको १५ सदस्यीय टोली घोषणा

लन्डन (एजेन्सी): इग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकप क्रिकेटका लागि इंग्ल्यान्डले १५ सदस्यीय क्रिकेट टोलीको बुधबार घोषणा गरेको छ । घोषणा गरेको टोलीमा युवा खेलाडी जोफ्रा आर्चर र साम कुरनले स्थान बनाउन सकेनन । आईसीसी वान डे वरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्यान्डलाई यस पटक उपाधिको दाबेदार टोली मानिएको छ । विश्व कप मे ३० देखि जुलाई १४ सम्म आयोजना हुनेछ । इंग्ल्यान्डले मे ३० मा दक्षिण अफ्रिकासँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।

विश्वकप खेल्ने इंग्ल्यान्डको १५ सदस्य टोली :

.इओन मोर्गन (कप्तान)

२.मोईन अली

३.जोनी बयरस्ट्रो

४.जस बटलर

.टम करन

.जो डेनली

७.एलेक्स हेल्स

.लियाम प्लन्केट

.आदिल रासिद

१०.जो रुट

११.जोसन रोए

१२.बेन स्ट्रोक्स

१३.डेविड विल्ली

१४.क्रिस वोक्स

१५.मार्क वुड


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १९:५३