क्रिकेट वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार देखिएको छ । एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल १४ औं स्थानमा छ । यसअघि नेपाल १५ औं स्थानमा थियो । टी ट्वान्टी वरीयतामा पनि नेपाल १४ औं स्थानमा छ ।

वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलिया रहेका छन् । गएको माघमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २ १ को जित निकालेपछि नेपाल आईसीसीको वरीयतामा पर्दै आएको छ ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १०:३५