मलेसियामाथि नेपालको सानदार जित

काठमाडौँ -नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार चौथो जित हात पारेको छ । मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई पूरा गरेको हो । यो जितसँगै नेपाल आगमी वर्ष हुने यू–१९ विश्वकप खेल्न अव एक जित टाढा छ । नेपालको जितमा दिपक बोहरा […]

सन्दीपलाई यूएई पठाउन प्रक्रिया सुरु

काठमाडौं -क्रिकेटर सन्दीप लामिछानेमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई यूएई पठाउन प्रक्रिया सुरु गरेको छ । उनले अनुमति पाएको दिन देखिनै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालिएको बताएको हो । प्रतियोगिताका क्रममा कुनै देशले आफ्नो स्क्वाडमा परिवर्तन गर्नु परेमा आईसीसीसँग अनुमति लिनुपर्ने हुन्छ । नेपालको १५ सदस्यीय टिम शनिवार […]

मेस्सी फिफा वर्ष खेलाडी

एजेन्सी – अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनल मेस्सी २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । ३५ वर्षिय खेलाडीले फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सीले कप्तानीमा अर्जेन्टिनालाई कतारमा विश्वकपको उपाधि दिलाएका थिए । मेस्सीले २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा […]

महिला ओलम्पिकको एशिया छनोट नेपालमा हुने

काडमाडौँ -पेरिसमा हुने ओलम्पिकका लागि महिला फूटलबको एशिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा हुने भएको छ। पहिलो चरणको छनोट प्रतियोगिता नेपालमा हुने तय भएको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ। प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिएपछि समूह ‘सी’ को छनोट प्रतियोगिता नेपालमा गर्ने एएफसीले तय गरेको हो। प्रतियोगितामा नेपालले पहिलो चरणमा भियतनाम र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता आगामी […]

कागेश्वरी मनोहरालाई खेलकुद नगरीको रुपमा विकास गर्ने गृहकार्य अगाडि बढाइयो

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकूद नगरीको रुपमा विकास गर्ने गृहकार्य अगाडि बढाइएको छ । खेलकूद नगरी बनाउने उद्देश्यका साथ ९ वटै वडाहरुमा फरक फरक खालका खेलकुदका पूर्वाधार बनाउने गृहकार्य अगाडि बढाइएको हो । आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, मेयर उपेन्द्र कार्कीसहितको टोलीले कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न स्थानमा रहेका जग्गाहरुको अवलोकन समेत […]

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी लाइप्जिगसँग बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ । सिटी घरेलु टोली लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सिटीका रियाद महारेजले गोल गर्दा घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काए । रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको […]

खेलाडी उत्पादनमा अघि बढ्दै मोरङको ब्राईटफ्युचर स्कुल

मोरङ । जिल्लामा भर्खरै सम्पन्न सुन्दरहरैचा नगरपालिका नगरस्तरीय अन्तरविद्यालय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा वडा नं ८ सलकपुरमा रहेको ब्राईटफ्युचर स्कुलले छात्रातर्फको भलिबल प्रतियोगितामा उपाधि हात पार्यो । फागुन ५ देखि ७ गतेसम्म प्रस्तावित इन्द्रपुर रंगशालामा भएको सो प्रतियोगितामा १५ सय मिटर रेस तर्फ ब्राईटफ्युचरकै निशान्त श्रेष्ठ र ४ सय मिटर तर्फ अभिशेख खवास उपविजेता […]