मेस्सी फिफा वर्ष खेलाडी

एजेन्सी – अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनल मेस्सी २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।

३५ वर्षिय खेलाडीले फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सीले कप्तानीमा अर्जेन्टिनालाई कतारमा विश्वकपको उपाधि दिलाएका थिए । मेस्सीले २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए।

पेरिसमा भएको समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको पुरुष प्रशिक्षक घोषित भए । स्कालोनीले म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला र रियल म्याड्रिडका च्याम्पियन्स लिग विजेता प्रशिक्षक कार्लो एन्सेलोटीलाई पछि पारेका थिए ।

विजेताहरूको सूची
उत्कृष्ट पुरुष खेलाडीः लियोनल मेस्सी
उत्कृष्ट महिला खेलाडीः एलेक्सिया पुटेलास
उत्कृष्ट पुरुष गोलकिपरः एमिलियानो मार्टिनेज
उत्कृष्ट महिला गोलकिपरः मेरी अरप्स
उत्कृष्ट पुरुष प्रशिक्षकः लियोनेल स्कालोनी
उत्कृष्ट महिला प्रशिक्षकस् सरिना विग्म्यान
सर्वश्रेष्ठ पुस्कास अवार्डः मार्सिन ओलेक्सी
उत्कृष्ट फ्यान अवार्डः अर्जेन्टिना फ्यान
उत्कृष्ट फेयर प्ले अवार्डः लुका लोचोसभिली


प्रकाशित | १६ फाल्गुन २०७९, मंगलवार १०:०५