कागेश्वरी मनोहरालाई खेलकुद नगरीको रुपमा विकास गर्ने गृहकार्य अगाडि बढाइयो

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकूद नगरीको रुपमा विकास गर्ने गृहकार्य अगाडि बढाइएको छ । खेलकूद नगरी बनाउने उद्देश्यका साथ ९ वटै वडाहरुमा फरक फरक खालका खेलकुदका पूर्वाधार बनाउने गृहकार्य अगाडि बढाइएको हो ।

आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, मेयर उपेन्द्र कार्कीसहितको टोलीले कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न स्थानमा रहेका जग्गाहरुको अवलोकन समेत गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाकामा रहेका सोम तीर्थ, गोठाटारको इचोटस्थित पशुपति विकास कोष, मूलपानी चौर, थली चौर, डाँछी र अधिकारी गाँउमा रहेका जग्गाको अवलोकन गरिएको हो ।

अवलोकनको क्रममा रोखस सदस्य सचीव घिसिङले निर्माण गर्न सकिने सम्भावित खेलकूदका पूर्वाधार, जग्गा प्राप्तीको विषय, आपसी समझदारीमा सहयोगको र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

मेयर कार्कीले नगरपालिकाले खेलकुदका पूर्वाधार निर्माणको लागि सम्भाब्यता अध्ययन समिति गठन गरिसकेको र आवश्यक गृहकार्य अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is 332901438_715957893333119_6146899153295409700_n-768x1024.jpg

‘खेलकुद नगरीको रुपमा विकास गर्न अध्ययन समिति गठन भइसकेको छ’, मेयर कार्कीले भन्नुभयो, ‘समितिले प्रतिवेदन बुझाएपछि खेलकुद परिषद, खेलकुद मन्त्रालयदेखि अन्तराष्ट्रिय दातृ निकायसँग समन्वय गरेर आवश्यक गृहकार्य अगाडि बढाउँछौ ।’

कागेश्वरीलाई पाँच वर्षभित्र खेलकुद नगरी बनाइछाड्ने योजना मेयर कार्कीको छ ।


प्रकाशित | १२ फाल्गुन २०७९, शुक्रबार २१:१६