सन्दीपलाई यूएई पठाउन प्रक्रिया सुरु

काठमाडौं -क्रिकेटर सन्दीप लामिछानेमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई यूएई पठाउन प्रक्रिया सुरु गरेको छ । उनले अनुमति पाएको दिन देखिनै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालिएको बताएको हो ।

प्रतियोगिताका क्रममा कुनै देशले आफ्नो स्क्वाडमा परिवर्तन गर्नु परेमा आईसीसीसँग अनुमति लिनुपर्ने हुन्छ । नेपालको १५ सदस्यीय टिम शनिवार यूएई गएको थियो र हिजो पहिलो खेल नेपालले खेलिसकेको छ । 

क्यानले यसअघि विदेश भ्रमणमा रोक लागेकाले सन्दीपलाई टिममा राख्न नसकिएको र हिजो सर्वोच्च अदालतले प्रतिबन्ध फुकुवा गरेकाले उनलाई पठाउन खोजिएको जवाफ दिएको छ । यसमा आईसीसीले निर्णय दिइसकेको छैन ।

 


प्रकाशित | १६ फाल्गुन २०७९, मंगलवार १४:०९