आर्सनललाई एफए कपको उपाधि

एजेन्सी – आर्सनलले इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ । वेम्बलीमा शनिबार राति भएको फाइनलमा १० खेलाडीमा सिमित चेल्सीलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो । आर्सनललाई उपाधि दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । चेल्सीका क्रिस्टियन पुलिसिचले एक गोल गरे । निकै रोमान्चक बनेको फाइनलमा एक गोलको अग्रता उल्टाएर […]

पीएसजीलाई लिग कपको उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि उचालेको छ । शुक्रबार राति लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि उचालेको हो । अन्तिम पटक आयोजित लिग कपको फाईनल खेल गोल रहित बराबरीमा सकिएको थियो ।सुरुवातको १० पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए । पीएसजीका […]

पहिलो खेलमा इंग्ल्यान्ड विजयी

एजेन्सी – आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा इंग्ल्यान्ड विजयी भएको छ । साउथह्याम्पटनमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको छ । आयरल्याण्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान […]

नापोलीमाथि इन्टरको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा इन्टरले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन डानिलो डी’एम्ब्रोसियो र लाउटरो मार्टिनेजले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा डानिलोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि […]

क्लोपलाई वर्ष प्रशिक्षक अवार्ड

एजेन्सी – लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले ‘एलएमए म्यानेजर अफ दि इयर’ अवार्ड जितेका छन् । जर्मन प्रशिक्षक क्लोपलाई लिग म्यानेजर्स एसोसिएसनले वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो । क्लोपले यस सिजन लिभरपुललाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । लिभरपुलले ३० वर्षपछि पहिलो पटक उपाधि जितेको हो । क्लोपले अवार्ड जिते लगत्तै म्यान्चेष्टर युनाईटेडका पूर्व […]

युभेन्ट्सलाई लगातार नवौं पटक लिग उपाधि

एजेन्सी : युभेन्ट्सले सिरि ए फुटबलको उपाधि उचालेको छ । आईतबार राति साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लगातार नवौं पटक लिग उपाधि उचालेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए । ६७ औं […]

पीएसजीलाई फ्रेन्च कपको उपाधि

एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि उचालेको छ । शुक्रबार राति इटियेनमाथि १–० को जित निकाल्दै पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको हो ।पीएसजीको जितमा नेयमारले विजयी गोल गरे । उनले खेलको १४ औं मिनेटमा गरेको गोल पीएसजीलाई उपाधिका लागि पर्याप्त बन्यो । ३१ औं मिनेटमा लोईन पेरिन रातो कार्ड खादै मैदान बाहिरिएपछि […]