चाँगुनारायण नगरपालिकामा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

भक्तपुर: चाँगुनारायण नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि शूरु हुँदैछ । संस्थागत र सामुदायिक विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीको सहभागिता हुने प्रतियोगिताको उद्घाटन मंगलबार हेल्मेड डाँडामा औपचरिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । प्रतियोगिता कबड्डी, एथलेटिप्स, मार्सल आर्टस र भलिबल गरि चार विधामा खेलाईने । कार्यक्रमको समापन तथा पुरस्कार वितरण २९ गते नगरपालिकाको नयाँ भवनको उद्घाटन सत्रको अवसरमा गरिने तय भएको छ ।


प्रकाशित | २५ मंसिर २०८०, सोमबार १७:३७