सूर्यविनायक नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न (फोटोफिचर)

भक्तपुर: सूर्यविनायक नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको हो ।

विभिन्न ३७ विद्यालयका १ हजार २ सय २१ विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिस र मार्सल आर्टस् विधाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीन दिनसम्म चलेको प्रतियोगितामा अरनिको माध्यामिक विद्यालयले उपाधि हासिल गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा अरनीको माविले १६ स्वर्ण, ११ रजत र १२ कास्य गरि ३९ पदक प्राप्त गर्दै उपाधि जितेको हो ।

प्रतियोगितामा मनोरम विद्यालयले ६ स्वर्ण, ५ रजत, २ कास्यसहित १३ पदक जित्दै द्धितीय भएको छ । त्यस्तै, गणेश माध्यमीक विद्यालयले ६ स्वर्ण, ३ रजत ,४ कास्य गरि १३ पदक प्राप्त गर्दै तृतीय हुन सफल भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, कार्यक्रम संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाललगायत वडाध्यक्षहरु तथा जनप्रतिनिधिहरुले प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालयलाई नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्यस्तै, प्रतियोगितामा विद्यागत रुपमा विजयी खेलाडीलाई समेत पुरस्कृत गरियो । कार्यक्रमको समापन समारोहमा विद्यार्थीले निकै आर्कषक नृत्य समेत प्रस्तुत गरेका थिए ।

वडा नंं १० चित्तपोलस्थित संकटा खेल मैदानमा भएको कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख राजेन्द्र नेपाल, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिपक थापा, वडाध्यक्षहरु सानुकाजी कायस्थ, प्रदिप कार्की, दिपेन्द्र केसी, लछुराम न्यौपाने, भगवान खत्री, शिवराम रावत, कार्यपालिका सदस्यहरु शर्मिला बस्नेत, कमला पोखरेल, तारा सापकोटा, हेमा दाहाल खतिवडा, सुनील भुजेल र वडा नंं १० वडा सदस्यहरु तारा बशहादुर विष्ट र विदुर देउजालगायत जनप्रतिनिधि तथा विद्यार्थीहरुको सहभागिता थियो ।

    


प्रकाशित | २५ कार्तिक २०८०, शनिबार १०:१५