मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता शूरु (फोटोफिचर)

भक्तपुर: मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता शुक्रबारबाट शूरु भएको छ । मध्यपुर खेल मैदान सानोठिमीमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति उपप्रमुख सुजाता वादे, नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय श्रेष्ठले संयुक्त रुपमा झण्डोतोलन तथा दीप प्रज्जवल गरि उद्घाटन गर्नुभयो ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले निकै नै आर्कषक मार्चपास गरेका थिए । सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले शिक्षण सिकाईसँगै विद्यार्थीहरुलाई खेलकूद क्षेत्रमा पनि अगाडि बढाउन विभिन्न किसिमका कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले गत वर्षजस्तै यो वर्ष पनि चाँडो भन्दा चाँडो अन्य खेलकूदका कार्यक्रम पनि सञ्चालन गरिन लागिएको जानकारी पनि गराउनुभयो ।

कार्यक्रममा कौशलटार ईङलीस स्कूलका विद्यार्थीहरुले स्वागत नृत्य, गणेश मावि नगदेशका विद्यार्थीले धिमे बाजा र नेवारी नृत्य तथा राष्टिय सेवा दल आर्दश मावि लायूकका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख श्रेष्ठले आफूहरु जनप्रतिनिधिको रुपमा आएपछि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न शूरु गरेको र विगतको भन्दा यो वर्ष विद्यालय र विद्यार्थीको संख्या बढेकोमा खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रम आयोजक समितिका संयोजक श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर खेलूकद विकास समितिका अध्यक्ष दीपक थापा, प्रमुख प्रसाशकीय अधिकृत विजयराज सुवेदी, ९ वटै वडाका वडाध्यक्षहरु, खेलूकदसँग सम्बन्धीत संघसंस्थाका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको बाक्लो सहभागिता थियो ।

तीन दिन सम्म चल्ने प्रतियोगितामा १८ वटा सामुदायिक र ६३ संस्थागत मध्ये ३७ वटा विद्यालयका विद्यार्थी सहभागि थिए । प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आर्टसका विधाका विभिन्न खेल सञ्चालन हुनेछन् ।

May be an image of 5 people, dais and text

May be an image of 8 people and text

May be an image of 3 people and text

May be an image of clarinet

May be an image of 10 people and text

May be an image of 5 people

 

 

May be an image of 5 people and text

May be an image of 8 people and text

May be an image of 7 people and people dancing

May be an image of 4 people and text

May be an image of 9 people and text

May be an image of 6 people and text

May be an image of 4 people and text

May be an image of 9 people and text

May be an image of 10 people and text

May be an image of 11 people, crowd and text

May be an image of 4 people and text

May be an image of 13 people and clarinet


प्रकाशित | ६ पुष २०८०, शुक्रबार १९:२३