एनआरएनए निर्वाचन : ७५ प्रतिशत भन्दा बढी मतदाताले दिए सेल्फी

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फि भोटिङ प्रणाली’ को सफल परिक्षण भएको दावी गरिएको छ ।
गैर आवासीय नेपाली संघका महासचिव डा.हेम राज शर्माका अनुसार अष्ट्रेलियाली कम्पनी भेरो भोटिङले विकास गरेको सेल्फि भोटिङ प्रणाली सफलता पूर्वक परिक्षण गरिएको हो ।

सो प्रणाली अन्तर्गत गैर आवासीय नेपाली संघको स्मार्ट एनआरएनए एप मार्फत दर्ता भएका प्रतिनिधिहरुले मतदान गर्नु भन्दा अघि आफ्नो सेल्फि मार्फत मतपत्र खोलेर मात्र आफुले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने छन् ।

गैर आवासीय नेपाली संघका ३३ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले सो सुविधा पहिलो पटक प्रयोग गर्न पाउने भएका छन् । संघका अनुसार हाल सम्म ७५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरुले स्मार्ट एनआरएनए डाउलोड गरेर सेल्फी दिएका छन् । संघको निर्वाचन समितिले डिसेम्बर २६–२७ मा हुने एनआरएनएको निर्वाचनमा भाग लिन सेल्फी अनिवार्य गरेको छ ।


प्रकाशित | २५ मंसिर २०७८, शनिबार १०:४८