जर्वजस्ती र एकपक्षीय निर्वाचनमा जाने कार्यप्रति सहमति छैन : विनोद कार्की

आयरल्याण्ड –  गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष विनोद कार्कीले जर्वजस्ती र एकपक्षीय रुपमा निर्वाचन जान खोजीएकोमा विरोध जनाउनु भएको छ । कुल आचार्य टिमले बिहीबार आयोजना गरेको खुल्ला डबली कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष कार्कीले जर्वजस्ती र एकपक्षी रुपमा निर्वाचन जानु गलत हुने बताउनु भएको हो ।

एनआरएनएलाई एकजुट बनाएर र सबैको भावना समेटेर अगाडि बढ्नुपर्नेमा पेलेर निर्वाचनमा जान खाजेको भन्दै सजग गराउनु भयो । आफूहरुले एनसिसीको तर्फबाट जस्तोसुकै परिस्थितिको सामाना गर्न तयार रहेको बताउँदै उहाँले डेलिगेट्सको सवालमा आफूहरुले सकेसम्म सबैलाई मिलाएर जानुपर्छ भनेर अगाडि बढेपनि केन्द्रले हस्तक्षेपकारी भूमीका खेलीरहेकोमा आपत्ति जनाउनु भयो ।

‘अहिले जुन किसिमको परिस्थिति सृजना गर्न खोजीएको छ त्यो गलत छ’, उहाँले भन्नु भयो, ‘एनआरएनभित्रको सुद्धिकरणलाई अगाडि बढाउन जस्तोसुकै परिस्थितिको सामाना गर्न तयार छौ, यो सवालमा हाम्रो पूर्ण साथ र सहयोग भएकाले अगाडि बढ्नु हुन आग्रह गर्न चाहान्छु ।’

त्यस्तै, वर्तमान समस्या समाधानको नेतृत्व गरिरहेका कुल आचार्य प्रति धेरै खालका आरोप लगाइएको भन्दै ती आरोपलाई चिर्न सक्नुपर्ने र नकारात्मक भावनालाई सकारात्मक रुपमा परास्त गर्नुपर्नेमा दिनु भयो । 


प्रकाशित | २३ मंसिर २०७८, बिहीबार २१:५४