यथास्थितिमा निर्वाचनमा भाग लिनुको कुनै अर्थ छैन : कुल आचार्य

काठमाडौं  –  गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले एक्लौटी ढंगले निर्वाचन गर्ने कार्य मान्य नहुने बताउनु भएको छ । आचार्य टिमले बिहीबार आयोजना गरेको खुल्ला डबलीमा बोल्नुहुँदै एक्लौटी ढंगबाट पेलेर गर्न लागिएको निर्वाचन मान्य नहुने बताउनु भएको हो ।

‘तथाकथीत निर्वाचनको घोषणा गर्ने, डेलिगेट्सको चयन प्रक्रिया र एनआरएनभित्रको समस्या समाधान नगरि निर्वाचनको नाटक गरिएको छ, यो कुनै हालतमा मान्य हुँदैन’, आचार्यले भन्नु भयो ।

विधानले दिएअनुसार डेलिगेट्स चयन गरेर निर्वाचन गरिए आजको भोली निर्वाचनमा सहभागि हुने पनि उहाँले बताउनु भयो । निर्वाचनको बहना गरेर कसैलाई हराउने र जिताउने कार्य भइरहेको बताउँदै आचार्यले विधानभन्दा बाहिर गएर चयन गरिएको अहिलेको डडेलिगेट्स लिष्टको आधारमा निर्वाचनमा भाग लिनुको कुनै अर्थ नरहेको बताउनु भयो ।

उहाँले विधानविपरीत पठाइएका डडेलिगेट्स हटाउन पनि आग्रह गर्नु भयो । उहाँले वारम्वार निर्वाचनको नाटक गरिएको बताउँदै निर्वाचन हुनेमा पनि विश्वास नभएको बताउनु भयो । निर्वाचन कमिटिले पनि समस्याको समाधान गरि निर्वाचन गराउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनु भयो ।

संस्थामा अत्यन्तै ठूलो संकट निम्त्याउने कार्य भइरहेको बताउँदै आचार्यले  एनआरएनए लाजमर्दो र अप्ठ्यारो अवस्थामा पुर्याइएको र एनआररएन अभियान समाप्त पार्न खोजीएको ​बताउनु भयो ।


प्रकाशित | २३ मंसिर २०७८, बिहीबार २२:३९