एनआरएनएमा कसलाई जिताउने भन्ने सेटिङ भइसकेको छ : डा. केशव पौडेल

काठमाडौं – गैर आवासीय नेपाली संघका महासचिवका उम्मेदवार डा. केशव पौडेलले संघको निर्वाचनमा कसलाई जिताउने भन्ने सेटिङ भइसकेको दावी गर्नु भएको छ । महासचिव पदका उम्मेदवार डा. पौडेलले कर्मकाण्डी निर्वाचनमा सहभागि हुनुको औचीत्यता नभएको र कसलाई जिताउने भन्ने पहिल्यै सेटिङ भइसकेको दावी गर्नु भएको हो ।

कुल आचार्य टिमले बिहीबार आयोजना गरेको खुल्ला डबली कार्यक्रममा बोल्नुहुँदै उहाँले संस्थाभित्रको समस्या समाधान नगरी एकपक्षीय रुपमा निर्वाचन जानुले संस्थालाई विभाजनतर्फ उन्मुख गराइएको बताउनु भयो ।

पाटन उच्च अदालतको विरुद्ध नेपाल सरकारले सर्वोच्च अदालतमा रिट नहाले पनि समस्या समाधान गरेर कानूनी हिसावले अगाडि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले सबैलाई धैर्यतापूर्वक बस्न र अभियानमा सहयोगी बन्न आग्रह गर्दै कठिन बेलामा संस्थालाई जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड पनि दिनु भयो ।


प्रकाशित | २३ मंसिर २०७८, बिहीबार २०:३८