एनआरएनए निर्वाचन नयाँ मोडमा : प्रमुख निर्वाचन आयुक्तको राजीनामा, कार्यवाहकमा थापा, उम्मेदवारी दर्ता पनि सर्‍यो

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन नयाँ मोडमा पुगेको छ । निर्वाचनको उम्मेदवारी दर्ताको अन्तिम चरणमा आइपुग्दा प्रमुख निर्वाचन आयुक्त लिलामणी पौडेलले राजनीनामा दिएपछि एनआरएनए निर्वाचन नयाँ मोडमा पुगेको हो । 

स्रोतका अनुसार पौडेलको राजीनामा संघका अध्यक्ष कुमार पन्तले स्वीकृत गर्नु भएको छ भने कार्यवाहक निर्वाचन आयुत्तको जिम्मेवारी राम प्रताप थापालाई दिइएको छ ।

त्यस्तै, आगामी निर्वाचनका लागि भोलि शनिवार उम्मेदवारी दर्ता कार्यक्रम राखिएकोमा पाँच दिन पछि सार्दै यही १६ डिसेम्बरको लागि तोकिएको छ ।

संघको निर्वाचन समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मतदाता नामावली प्रकाशित गर्न प्राविधिक रुपमा थप समय आवश्यक भएकोले मिति पछि सारिएको जनाएको छ । 

निर्वाचनको लागि डिसेम्बर १६ तारिख बिहान १० बजे देखी १७ तारिख बिहान सम्म उम्मेदवारी दर्ता गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित | २४ मंसिर २०७८, शुक्रबार २३:३५