एनआरएनए विभाजन हुनै सक्दैन,भयो भने टिक्दैन: प्रेम गाहा मगर

लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगरले एनआरएनए कुनै हालतमा विभाजन हुन नसक्ने बताउनु भएको छ । कुल आचार्य टिमले बिहीबार आयोजना गरेको खुल्ला डबली कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष मगरले एनआरएनए कुनै हालतमा फुट्न नसक्ने र फुटि हालेमा नटिक्ने बताउनु भएको हो ।

‘डराएर मैदान छाड्ने नभई त्यहीभित्र सघर्ष गर्ने हो’, उहाँले भन्नु भयो, ‘छाती खोलेर अगाडि बढ्नूस, यहाँहरुलाई हाम्रो साथ र सहयोग छ ।’ उहाँले डराउनेले मात्र एनआरएन फुट्छ भन्ने गरेको चर्चा गर्नु भयो । खुल्ला डबली कार्यक्रम धेरै लामो भएको र अब एक्सनमा जानुपर्नेमा उहाँले जोड दिनु भयो ।

एनआरएनएमा विगतमा नेतृत्व गरेको ब्यक्तीहरुलाई पनि आफूहरुले राम्ररी मूल्यांकन गरेको र नेतृत्व गर्न चाहनेलाई पनि हत्तोसाहित नभई अगाडि बढ्न आग्रह गर्नु भयो ।


प्रकाशित | २३ मंसिर २०७८, बिहीबार २०:०३