एनआरएनए जापानमा उच्च स्तरीय समिति गठन

टोकियो : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापान स्थित विभिन्न क्षेत्रका बिज्ञहरु सँग छलफल गरि उच्च स्तरीय समितिको गठन गरेको छ । गत नोभेम्बर २४ तारिकमा परिषदको दोश्रो नियमित बैठकले पारित गरेको निर्णय अनुसार उक्त उच्च स्तरीय समितिको गठन गरिएको हो । बिभिन्न विषयका विषय बिज्ञ रहने उक्त समितिको मर्यादाक्रम एनआरएनए जापानको […]

प्रधानमन्त्री ओलीसँग एनआरएनए अध्यक्ष पन्तको भेटभाट, एनआरएनका चासो र सरोकारका विषयमा छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आज भेटभाट गर्नुभएको छ । करिब एक घण्टाको भेटमा गैरआवासीय नेपाली समुदायको चासो र सरोकारका विषयमा विस्तारमा छलफल भएको छ । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन संसदबाट पारित गर्न भइरहेको ढिलाइप्रति उहाँको ध्यानाकर्षण गराइएको छ । साथै, दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञानसीप सम्मेलन […]

एनआरएनएको विशेष महाधिवेशन गर्ने घोषणा, मिति र स्थान चाँडै तोकिने

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को विशेष महाधिवेशन गर्ने निर्णय गरिएको छ । संघको नवौ विश्व सम्मेलनबाट निर्वाचीत नयाँ कार्यसमितिले संघलाई ब्यवस्थित बनाउने उद्देश्यले थालेको ‘स्मार्ट एनआरएनए परियोजना र एनआरएन फाउन्डेसन’ स्थापनको लागि विधानमा संशोधन गर्न आवश्यक विषयहरु १ महिनाभित्र पहिचान गरी संघको विशेष महाधिवेशनको मिति तय गरिने भएको हो । साथै […]

एनआरएनए उपाध्यक्ष सोनाम लामाको मुस्ताङमा रिसोर्ट तयार, छिट्टै सञ्चालनमा आउँदै

मुस्ताङ : गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले नेपाल भ्रमण वर्ष २०२० लक्षित मुस्ताङमा नयाँ रिसोर्ट तयार गर्नुभएको छ । रिसोर्टको तयार भएसँगै अब चाँडै सञ्चालनमा आउँदैछ ।  लामाको लगानीमा मुक्तिनाथको रानीपौवामा हेलिप्याडसहित आकर्षक रिसोर्ट निर्माण गरिएको हो ।   लो मुस्ताङ हिमालयन रिसोर्ट पर्यटकहरुलाई भ्रमणका लागि आग्रह गरेर वा प्रचारप्रसार गरेर मात्र नहुने र […]

एनआरएनलाई एभरेष्ट बैंकको बचत खातामा विशेष सुविधा, क्रेडिट कार्डमा ५० प्रतिशत छुट

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) लाई एभरेष्ट बैंकले बचत खातामा विशेष सुविधा दिने भएको छ । अब यो बैंकमा खाता खोल्ने एनआरएनलाई विशेष सुविधा दिने भएको हो । बैंकले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गर्दै एनआरएन बचत खातामा निःशुल्क एटिएम, इन्टरनेट र मोबाइल बैकिंग, ई स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट […]

‘नेपालमा गैर आवासीय नेपालीको सम्पतिको अधिकार र नागरिकताको निरन्तरता’ सम्बन्धमा आठ बुँदे सुझाव

लन्डन: ‘गैर आवासीय नेपालीहरुको सम्पतिको अधिकार र नागरिकताको निरन्तता’ विषयमा लन्डनमा एक अन्र्तक्रिर्या कार्यक्रम सम्पन्न गरिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको इंल्याण्ड राज्य परिषदको आयोजना तथा गैरआवासीय नेपाली संघ यूकेको संयोजकत्वमा अल्डरशटस्थित एम्पायर हलमा सो अन्तरक्रिर्या सम्पन्न भएको हो । गैर आवासीय नेपाली संघका सल्लाहकार विश्वआर्दश पण्डित, महासचिव डा. हेमराज शर्मा, एनआरएनए […]

हङकङमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को भब्य उद्घाटन, लाखौमाझ ‘भिजीट नेपाल ‘ को सन्देश

हङकङ:  हङकङमा भिजीट नेपाल २०२० को भब्य रुपमा उद्घाटन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि हङकङमा आज एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन हङकङको एक्सन कमीसनर कमिसन अफ टूरिजम मिस चोईले गर्नुभएको थियो ।  नेपाली महावाणिज्यदूतावास हङकङको आयोजना ग़ैर आवासीय नेपाली संघ हङकङ र नेपाल वायुसेवा निगमको सह-आयोजनामा […]