एनआरएनए जापानमा उच्च स्तरीय समिति गठन

टोकियो : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापान स्थित विभिन्न क्षेत्रका बिज्ञहरु सँग छलफल गरि उच्च स्तरीय समितिको गठन गरेको छ ।

गत नोभेम्बर २४ तारिकमा परिषदको दोश्रो नियमित बैठकले पारित गरेको निर्णय अनुसार उक्त उच्च स्तरीय समितिको गठन गरिएको हो ।

बिभिन्न विषयका विषय बिज्ञ रहने उक्त समितिको मर्यादाक्रम एनआरएनए जापानको सल्लाहकार परिषद भन्दा माथी रहने प्रावधान रहेको छ ।

समितिको प्रमुख काम र कर्तब्यहरुमा नेपाल सरकारका राष्ट्रिय नीति तथा कार्यक्रममा सल्लाह र सुझाव दिनको निम्ति अन्तराष्ट्रिय समन्वय परिषदले गठन गरेकोको बिज्ञ समितिलाइ सहयोग गर्ने, एनसीसी जापानलाई बिभिन्न नीति निर्माण, शिप, ज्ञान सम्बन्धि आवस्यक सुझाव र सहयोग गर्ने रहेको छ ।

जापान स्थित बिभिन्न प्रान्तमा कार्यरत बिज्ञहरु लाई एक ठाउँमा जोडेर स्थापना गरिएको यो समितीले केही सदस्य थप गरि केहि समयमै आगामी कार्य योजना बनाउनेछ । समितीको पहिलो बैठकमा बिज्ञहरुले महिला बिज्ञ र टोकियो बाहिर बाट पनि बिज्ञहरु र बिभिन्न फरक फरक बिधाका बिज्ञ सहभागिता गराउनु पर्ने कुरामा ध्यान आकर्सण गराउनु भएको थियो ।

उक्त उच्च स्तरीय समिति र कार्यसमितिको समन्वय र आवस्यक सहयोगको लागी समितिको समन्वयकर्ताको जिम्मेवारी एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीलाई दिएको छ ।

बैठक परिषदका अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको थियो भने, बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, कोषाध्यक्ष कालिका थापा र सदस्य श्याम खड्काको उपस्थिति थियो । कार्यक्रम व्यवस्थापनको सम्पूर्ण आर्थिकपक्ष परिषदलार्इ भार नपर्ने गर्ने सदस्य श्याम खड्काले ब्यहोर्नु भएको थियो ।


प्रकाशित | १५ माघ २०७६, बुधबार १९:५०