एनआरएनए उपाध्यक्ष सोनाम लामाको मुस्ताङमा रिसोर्ट तयार, छिट्टै सञ्चालनमा आउँदै

मुस्ताङ : गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले नेपाल भ्रमण वर्ष २०२० लक्षित मुस्ताङमा नयाँ रिसोर्ट तयार गर्नुभएको छ । रिसोर्टको तयार भएसँगै अब चाँडै सञ्चालनमा आउँदैछ ।  लामाको लगानीमा मुक्तिनाथको रानीपौवामा हेलिप्याडसहित आकर्षक रिसोर्ट निर्माण गरिएको हो ।

  लो मुस्ताङ हिमालयन रिसोर्ट पर्यटकहरुलाई भ्रमणका लागि आग्रह गरेर वा प्रचारप्रसार गरेर मात्र नहुने र त्यसका लागि आवश्यक पूर्वाधार र सुविधाको समेत आवश्यकता पर्ने हेतुले निर्माण गरिएको लामाले जानकारी गराउनुभयो ।

मुक्तीनाथ मन्दिर परिसरमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्नुभएको लामाले लो मुस्ताङ हिमालयन रिसोर्टबाट मुक्तिनाथ मन्दिर र थोराङला पासको आकर्षक दृश्यसँगै निलगिरी र धौलागिरीको दृश्य पनि देख्न सकिन्छ । आकर्षक शैलीमा निर्माण भएको यो रिसोर्टले पर्यटकको समेत ध्यान खिच्न थालिसकेको छ । रिसोर्टसँग माउन्टेन क्लाइम्बिङ समेत राख्ने लामाको योजना रहेको छ ।


प्रकाशित | २ माघ २०७६, बिहीबार १०:२४