प्रधानमन्त्री ओलीसँग एनआरएनए अध्यक्ष पन्तको भेटभाट, एनआरएनका चासो र सरोकारका विषयमा छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आज भेटभाट गर्नुभएको छ । करिब एक घण्टाको भेटमा गैरआवासीय नेपाली समुदायको चासो र सरोकारका विषयमा विस्तारमा छलफल भएको छ ।

गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन संसदबाट पारित गर्न भइरहेको ढिलाइप्रति उहाँको ध्यानाकर्षण गराइएको छ । साथै, दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञानसीप सम्मेलन तथा गैरआवासीय नेपालीको सामूहिक लगानी कोषको तयारीका बारेमा पनि छलफल भएको छ ।

अध्यक्ष पन्तका अनुसार प्रधानमन्त्री ओलीले गैर आवासीय नेपालीका चासो र सरोकारप्रति आफू सकारात्मक रहेको बताउनुभएको छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति उहाँको विशेष चासो थियो र त्यसमा नीतिगत सहजताका निम्ति सघाउने वचन पनि दिनुभएको अध्यक्ष पन्तले जानकारी गराउनुभयो ।


प्रकाशित | १२ माघ २०७६, आईतवार २२:२१