कैलाली हावाहुरीपीडितलाई जनता बैंकको १ लाख ५० हजार आर्थिक सहयोग

काठमाडौं: कैलाली हावाहुरीपीडितलाई जनता बैंकले आर्थिक सहयोग प्रदान गरिएको छ । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप व्यवस्थापन कोष’लाई बैंकको तर्फबाट १ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । उक्त सहयोग रकमको चेक बैंकको सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टलाई हस्तान्तरण गर्नुभएको थियो ।


प्रकाशित | ९ असार २०७६, सोमबार १०:१५