सनातन हिन्दू धर्मको पहिचान कायम राख्न राप्रपा अध्यक्ष थापाको माग

हेटौँडा – राप्रपाका अध्यक्ष कमल थापाले सनातन हिन्दू धर्मको पहिचान कायम राख्न माग गर्नुभएको छ । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आयोजित ‘हिन्दू सनातन धर्मको पहिचान कायम गरौँ’ भन्ने हस्ताक्षर अभियानको शुभारम्भ गर्दै सबैमा माग गर्नुभएको हो । मुलुकमा प्रधानमन्त्रीले जनताको आर्थिक समृद्धि ल्याउनका निम्ति विदेशी लगानी सम्मेलन सम्पन्न गरेकामा खुसी व्यक्त गर्नुहुँदै अब मलुकमा सुशासन […]

‘सामाजिक सञ्जाल फेसबुक बन्द गर्न लागिएको नभई कानुनी दायरामा ल्याउन खोजिएको हो’

काठमाडौँ -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुक बन्द गर्न लागिएको हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । मन्त्री बास्कोटाले फेसबुक बन्द गर्न लागिएको नभई कानुनी दायरामा मात्र ल्याउन खोजीएको स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘विज्ञापन नीति र क्लिन फिड नीतिको कानून पारित भइसकेको छ […]

कला र संस्कृतिलाई जोगाउनु सबैको दायित्व : पूर्व राष्ट्रपति यादव

काभ्रेपलाञ्चोक -पूर्व राष्ट्रपति डा रामवरण यादवले कला र संस्कृतिलाई जोगाउनु सबैको दायित्व भएको भन्दै संरक्षणमा जुट्नुपर्नेमा जोड दिनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामाआयोजित नुवाकोटको नाट्यश्वर म्युजिक अवार्ड–२०७५ अन्तर्गत सम्मान कार्यक्रममा बोल्नुहुँदै राष्ट्रलाई विश्वभर चिनाउने मौलिकता राष्ट्रको धरोहर भएकोले यसको संरक्षणमा सबै जुट्नपर्ने बताउनुभयो । ‘मौलिकता राष्ट्रको धरोहर हो, मौलिकताले राष्ट्रलाई विश्वभर चिनाउँछ’, उहाँले भन्नुभयो । उहाँले […]

‘अब युवाको सहभागितामा अन्तरराष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन गछौं’ 

मोरङ – प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनले नेपालको आर्थिक सम्मृद्धिमा ठूलो टेवा पुग्ने बताउनुभएको छ । सम्मेलनको सफलतापछि अब यही आर्थिक वर्षभित्रै युवाको व्यापक सहभागितामा अन्तरराष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन आयोजना गरिने जानकारी गराउँदै अब मुलुक आर्थिक सम्मृद्धिको दिशामा अगाडि बढ्ने बताउनुभयो । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको […]

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक मिती तय : बैठक शनिबार बस्ने

काठमाडौँ – नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने तय भएको छ । बैठक यही चैत २३ गते शनिबार बस्ने तय भएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी कार्यालय सानेपामा बोलाइएको काङ्ग्रेसको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र भ्रातृ संस्थाको अधिवेशनका विषयमा छलफल गरिनेछ ।

सूर्यविनायक नगरपालिकामा ‘बहाल कर स्वयं’ घोषणा अभियान

भक्तपुर – सूर्यविनायक नगरपालिकाले ‘बहाल कर स्वयं’ घोषणा अभियान थालेको छ । नगरपालिकाले बहाल कर कार्यान्वयनमा ल्याउन पहिलो चरणमा स्वयं घोषणाको अभियान शूरु गरिएको नगरपालिकाका मेयर बासुदेव थापाले जानकारी दिनुभयो । यो अभियानमा हालसम्म ५०० नागरिकले स्वयं कर घोषणा गरेका र आगामी तीन महीनामा कम्तीमा पाँच हजार पु¥याउने लक्ष्य राखिएको छ । नगरपालिका –४ वडा […]

पोखरेलीको पाहुनालाई निम्तो :  ‘जाउँ है पोखरा’

काठमाडौँ –आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट दिगो पर्यटन विकास गर्ने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायीले ‘जाउँ है पोखरा अभियान–२०७५’ सञ्चालन गरेका छन् । पर्यटकीय नगरी पोखरामा धेरै भन्दा धेरै सङ्ख्यामा पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ व्यवसायी यतिखेर विभिन्न ठाउँमा पोखरा भ्रमणको निम्तो बाड्दै यात्रामा जुटेका हुन् । झण्डै १७ वर्षदेखि उक्त अभियान चलाउँदै आएका व्यवसायीले यो […]