काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक मिती तय : बैठक शनिबार बस्ने

काठमाडौँ – नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने तय भएको छ । बैठक यही चैत २३ गते शनिबार बस्ने तय भएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी कार्यालय सानेपामा बोलाइएको काङ्ग्रेसको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र भ्रातृ संस्थाको अधिवेशनका विषयमा छलफल गरिनेछ ।


प्रकाशित | १७ चैत्र २०७५, आईतवार २०:०८