‘सामाजिक सञ्जाल फेसबुक बन्द गर्न लागिएको नभई कानुनी दायरामा ल्याउन खोजिएको हो’

काठमाडौँ -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुक बन्द गर्न लागिएको हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । मन्त्री बास्कोटाले फेसबुक बन्द गर्न लागिएको नभई कानुनी दायरामा मात्र ल्याउन खोजीएको स्पष्ट पार्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘विज्ञापन नीति र क्लिन फिड नीतिको कानून पारित भइसकेको छ । सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सरकारको नीति नभई करको दायरामा ल्याउन मात्र खोजीएको कुरा स्पष्ट पार्न चाहान्छु ।’

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको पनि बताउनुभयो । उहाँले थप्दै भन्नुभयो, ‘प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न सकिँदैन । सरकारका नीतिहरु पढेर मात्रै आलोचना गर्न म आग्रह गर्दछु । हामी नियन्त्रण होइन, नियमन गर्न चाहन्छौँ ।’


प्रकाशित | १७ चैत्र २०७५, आईतवार २०:४३