सनातन हिन्दू धर्मको पहिचान कायम राख्न राप्रपा अध्यक्ष थापाको माग

हेटौँडा – राप्रपाका अध्यक्ष कमल थापाले सनातन हिन्दू धर्मको पहिचान कायम राख्न माग गर्नुभएको छ । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आयोजित ‘हिन्दू सनातन धर्मको पहिचान कायम गरौँ’ भन्ने हस्ताक्षर अभियानको शुभारम्भ गर्दै सबैमा माग गर्नुभएको हो ।

मुलुकमा प्रधानमन्त्रीले जनताको आर्थिक समृद्धि ल्याउनका निम्ति विदेशी लगानी सम्मेलन सम्पन्न गरेकामा खुसी व्यक्त गर्नुहुँदै अब मलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चाल्नपर्ने खाँचो औल्याउनुभयो । विदेशी दातालाई विश्वास दिलाएर अब मुलुक आर्थिक सम्मृद्धिमा लैजानुको विकल्प नभएको समेत उहाँको भनाई छ ।


प्रकाशित | १७ चैत्र २०७५, आईतवार २०:५५