सूर्यविनायक नगरपालिकामा ‘बहाल कर स्वयं’ घोषणा अभियान

भक्तपुर – सूर्यविनायक नगरपालिकाले ‘बहाल कर स्वयं’ घोषणा अभियान थालेको छ । नगरपालिकाले बहाल कर कार्यान्वयनमा ल्याउन पहिलो चरणमा स्वयं घोषणाको अभियान शूरु गरिएको नगरपालिकाका मेयर बासुदेव थापाले जानकारी दिनुभयो ।

यो अभियानमा हालसम्म ५०० नागरिकले स्वयं कर घोषणा गरेका र आगामी तीन महीनामा कम्तीमा पाँच हजार पु¥याउने लक्ष्य राखिएको छ ।
नगरपालिका –४ वडा कार्यालय (दधिकोट) ले आयोजना गरेको सो कार्यक्रममा नगरपालिकाका प्रमुख वासुदेव थापाले स्वयं बहाल कर घोषणा गर्ने नगरका बासिन्दालाई सम्मानका साथै पासबुक पनि वितरण गर्नुभएको छ ।

वडाध्यक्ष उत्तम थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रमुख थापाले यस नगरपालिकामा केन्द्र, प्रदेश र स्थानीय तहको गरी एक अर्ब भन्दा बढी रकमबाट विकास निर्माणका कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउनुभयो ।


प्रकाशित | १६ चैत्र २०७५, शनिबार १८:२६