कला र संस्कृतिलाई जोगाउनु सबैको दायित्व : पूर्व राष्ट्रपति यादव

काभ्रेपलाञ्चोक -पूर्व राष्ट्रपति डा रामवरण यादवले कला र संस्कृतिलाई जोगाउनु सबैको दायित्व भएको भन्दै संरक्षणमा जुट्नुपर्नेमा जोड दिनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामाआयोजित नुवाकोटको नाट्यश्वर म्युजिक अवार्ड–२०७५ अन्तर्गत सम्मान कार्यक्रममा बोल्नुहुँदै राष्ट्रलाई विश्वभर चिनाउने मौलिकता राष्ट्रको धरोहर भएकोले यसको संरक्षणमा सबै जुट्नपर्ने बताउनुभयो ।

‘मौलिकता राष्ट्रको धरोहर हो, मौलिकताले राष्ट्रलाई विश्वभर चिनाउँछ’, उहाँले भन्नुभयो । उहाँले थप्दै भन्नुभयो, ‘अब पनि हामीले हाम्रो मौलिकता छाड्नुहुन्न । नेपाली कला, संस्कृति र सभ्यताले नेपाल विश्वभर चिनिएको हो । हामी हिमाली देश भनेर चिनिन्छिौँ, कला र संस्कृतिलाई जोगाउनु हाम्रो दायित्व पनि हो ।’


प्रकाशित | १७ चैत्र २०७५, आईतवार २०:२८