आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ : आज देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र […]

गण्डकी प्रदेशका कास्की, स्याङ्जा, बाग्लुङ र नवलपरासीमा थपीए २४ जना कोरोना संक्रमित

पोखरा : गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान गण्डकीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ । निर्देशनालयका अनुसार नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीको पोखरा महानगर र रुपा गाँउपालिकामा […]

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणिकरण

काठमाडौं : राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको विधेयक संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बिहीबारदेखि नै नेपालको सरकारी कामकाजमा नयाँ निशान छाप प्रयोगमा आउनेछ ।

उपत्यकामा भक्तपुरका ३, काठमाडौंका २ र ललिपुरका एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा ६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा एक महिलासहित ३ जना, काठमाडौंमा एकजना पुरूष र एक जना महिला, ललितपुरमा एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।  नेपालमा […]

नेपालमा थपीए ६७१ जना कोरोना संक्रमित, सङ्क्रमित संख्या ७८४८ पुग्यो

काठमाडौं : नेपालमा थप ६७१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा गरिएको कोरोना परिक्षणको क्रममा ६७१ जना थपिएका हुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सहित कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। […]

सरकारका तीनै तह कोरोना नियन्त्रणमा सक्रिय छन् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहको सरकारले कोरोना रोकथाममा निकै सक्रियतापूर्वक काम गरिरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आलोचना मात्र नभई सरकारका राम्रा कामको पनि प्रशंसा गर्न सांसदहरु आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनप्रतिनिधि काममा लागेका छन्, त्यता कसैको पनि ध्यान छैन, गरेको कामको […]

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मत पारित

काठमाडौँ : नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट पनि सर्वसम्मत पारित भएको छ । संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा भएको दफावार छलफलपछि मत विभाजनको आधारमा संविधान संशोधन विधेयक पारित भएको हो । राष्ट्रिय सभामा तत्काल कायम रहको कुल सांसद सङ्ख्यामध्ये प्रस्तावको पक्षमा (हुन्छ भन्ने) ५७ मत, प्रस्तावको विपक्षमा अर्थात् (हुन्न भन्ने) मा शून्य […]