नेपालमा थपीए ६७१ जना कोरोना संक्रमित, सङ्क्रमित संख्या ७८४८ पुग्यो

काठमाडौं : नेपालमा थप ६७१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा गरिएको कोरोना परिक्षणको क्रममा ६७१ जना थपिएका हुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सहित कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको छ। त्यस्तै, थप २ जनाको निधन भएको छ । कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।


प्रकाशित | ४ असार २०७७, बिहीबार १६:३१