दुबईमा पर्यटक सवार बस दुर्घटना, १७ जनाको मृत्यु

दुबई: संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा एक बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ५ जना घाइते भएको विभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् । बिहीबार साँझ इदको बिदा मनाएर ओमान फर्किँदै गरेको ३१ जना पर्यटक सवार बस दुर्घटनामा परेको हो। मृतक तथा घाइते सबैलाई स्थानीय राशिद अस्पतालमा राखिएको छ। दुबई प्रहरीका प्रमुख […]

१३ जना सवार भारतीय सेनाको विमान वेपत्ता

एजेन्सी:  भारतीय वायुसेनाको एक विमान उडान भरेको केही समयपछि वेपत्ता भएको छ । आसामको जोरहाट एयरबेसबाट सोमबार दिउँसो १२ बजेर २५ मिनेटमा उडान भरेको एएन–३२ विमान अरुणाञ्चल प्रदेशको मेचुका एयर फिल्ड माथिबाट सम्पर्कविहीन भएको सैनिक अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उडान भरेको करिब ३५ मिनेटपछि वेपत्ता भएको उक्त विमान आसामको जोरहाटबाट अरुणाञ्चल […]

नरेन्द्र मोदीद्धारा भारतको १५ औँ प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण

काठमाडौं : भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा विदेशी पाहुनासहित झण्डै ६ हजार व्यक्तिका बीच भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नरेन्द्र मोदी र मन्त्रिमण्डलका सदस्यहरुलाई सपथ खुवाइएको हो । मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्नुभएको हो । भारतमा १७ औँ लोकसभा चुनावमा भारतीय जनता पार्टी […]

जापानमा चक्कु आक्रमण हुँदा बच्चा सहित तीनको मृत्यु, कम्तिमा १८ जना घाइते

बीबीसी : जापानको राजधानी टोकियो नजिकैको शहर कावासाकीमा एकजना चक्कुधारीले बस कुरिरहेका स्कुले बालबालिकामाथि आक्रमण गरेका छन्। बसोबास क्षेत्रमा भएको उक्त घटनामा परेर कम्तिमा १८ जना घाइते भएका थिए। त्यसमध्ये एक ११ वर्षीय बालिका र एकजना ३९ वर्षे पुरूषको निधन भएको छ। आक्रमणकारी ठानिएका एकजना ५० वर्ष माथिका व्यक्तिले घटनापछि आफ्नो घाँटीमा चक्कु रोपेका थिए। […]

कंगो डुंगा दुर्घटना: ३० जनाको ज्यान गयो, दुई सय बढी बेपत्ता

एजेन्सी : कंगोको मे एनदोम्बे तालमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको समाचार एजेन्सीहरुले जनाएका छन् । दुर्घटनामा दुई सयभन्दा बढी बेपत्ता छन् ।  समाचारमा जनाइएअनुसार डुंगा दुर्घटनामा हराइरहेका मानिसहरुको खोजी कार्य भैरहेको छ । अहिलेसम्म ३० जनाको शव फेला परेको छ । ‘ज्यान गुमाउनेमा १२ जना महिला, ११ जना बालबालिका र सात जना […]

पेरुमा शक्तिशाली भूकम्प

दक्षिण अमेरिकी देश पेरुमा ८.० रेक्टर स्केलको भूकम्प गएको छ । यो वर्ष पेरुमा आएका भूकम्पमध्ये यो सबैभन्दा ठूलो भूकम्प हो । रोयर्टसका अनुसार मोयोम्बा शहरभन्दा १६० किलोमिटर पूर्व केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी देश इक्वेडर, ब्राजिल र कोलम्बियामा समेत महसुस भएको बताइएको छ ।  अहिलेसम्म भूकम्पले के कति क्षति पुग्यो भन्ने केही जानकारी आएको […]

भारतमा कंग्रेस पराजय हुनुका मुख्य ८ कारण

भारतको प्रमुख विपक्षी कंग्रेस पार्टी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अगाडि पुनः असफल बनेको छ । चार वर्षअघि नराम्रो पराजय चाखेको कंग्रेस फेरि एकपटक त्यस्तै नियति भोग्न बाध्य भएको छ । सत्तारुढ दल भाजपाका थुप्रै असफलताका बाबजुद पनि १० वर्षअघि लगातार दुईपटक सत्तामा रहेको कंग्रेस आफ्नो हैसियतभन्दा तल झरेको छ । कंग्रेसको पराजयमा पार्टी नेतृत्व मुख्य जिम्मेवार रहेको […]