नरेन्द्र मोदीद्धारा भारतको १५ औँ प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण

काठमाडौं : भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा विदेशी पाहुनासहित झण्डै ६ हजार व्यक्तिका बीच भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नरेन्द्र मोदी र मन्त्रिमण्डलका सदस्यहरुलाई सपथ खुवाइएको हो । मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्नुभएको हो । भारतमा १७ औँ लोकसभा चुनावमा भारतीय जनता पार्टी (बीजेपी) ले ३०२ सिटसहित विजयी भएको थिथो ।

नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा किर्गिस्तानका राष्ट्रपति सुरोनबी जीनबेकोव तथा बिमस्टेक राष्ट्रका सरकार प्रमुखहरु उपस्थित भएका छन् । मोदीको सपथ ग्रहणमा सहभागी हुने विशिष्ट पाहुनाहरुमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भुटानका प्रधानमन्त्री लोते छिरिङ, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा र मौरिससका प्रधानमन्त्री प्रविन्द जगनाथ हुनुहुन्छ ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार २०:३२