कंगो डुंगा दुर्घटना: ३० जनाको ज्यान गयो, दुई सय बढी बेपत्ता

एजेन्सी : कंगोको मे एनदोम्बे तालमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको समाचार एजेन्सीहरुले जनाएका छन् । दुर्घटनामा दुई सयभन्दा बढी बेपत्ता छन् ।  समाचारमा जनाइएअनुसार डुंगा दुर्घटनामा हराइरहेका मानिसहरुको खोजी कार्य भैरहेको छ । अहिलेसम्म ३० जनाको शव फेला परेको छ । ‘ज्यान गुमाउनेमा १२ जना महिला, ११ जना बालबालिका र सात जना पुरुष रहेका छन्,’ इनोंगो राज्यका मेयर साइमन वेम्बाले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन् ।

दर्जनौं मानिसहरु हराइरहेका हुनोले ज्यान गुमाउनेको संख्या बढ्नसक्ने बताइएको छ । डुंगामा कति जना सवार थिए यो भने पत्ता लाग्न सकेको छैन किनकि डुंगामा कैयौं अवैध प्रवासीहरु पनि थिए । यद्दपि डुंगामा तीन सय ५० भन्दा बढी मानिसहरु रहेको हुनसक्ने एक अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीलाई बताए ।


प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार २१:३०