दुबईमा पर्यटक सवार बस दुर्घटना, १७ जनाको मृत्यु

दुबई: संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा एक बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ५ जना घाइते भएको विभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् । बिहीबार साँझ इदको बिदा मनाएर ओमान फर्किँदै गरेको ३१ जना पर्यटक सवार बस दुर्घटनामा परेको हो। मृतक तथा घाइते सबैलाई स्थानीय राशिद अस्पतालमा राखिएको छ। दुबई प्रहरीका प्रमुख मेजर जनरल अब्दुल्लाह खलिफा अल(मर्री ने दुर्घटनालाई दुर्भाग्यपूर्ण भनेका छन्। उनका अनुसार घटनामा घाइते हुने एक दुबईका स्थानीय समेत छन्।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार ११:१४