जापानमा चक्कु आक्रमण हुँदा बच्चा सहित तीनको मृत्यु, कम्तिमा १८ जना घाइते

बीबीसी : जापानको राजधानी टोकियो नजिकैको शहर कावासाकीमा एकजना चक्कुधारीले बस कुरिरहेका स्कुले बालबालिकामाथि आक्रमण गरेका छन्। बसोबास क्षेत्रमा भएको उक्त घटनामा परेर कम्तिमा १८ जना घाइते भएका थिए। त्यसमध्ये एक ११ वर्षीय बालिका र एकजना ३९ वर्षे पुरूषको निधन भएको छ। आक्रमणकारी ठानिएका एकजना ५० वर्ष माथिका व्यक्तिले घटनापछि आफ्नो घाँटीमा चक्कु रोपेका थिए। अस्पतालमा उनको मृत्यु भएको छ।

जापानमा यस्ता खाले हिंसात्मक घटनाहरू एकदमै कम हुने गर्छन्।  उक्त घटनाको उद्देश्य के थियो भन्ने पत्ता लागेको छैन। दुवै हातमा चक्कु लिएको आक्रमणकारीले बालबालिकाहरूलाई आक्रमण गरेको थियो। पीडितमध्ये १६ जना स्कुले बालिका रहेका छन्।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार २१:५६