भारतीय लोकसभा चुनाव: बलिउड अभिनेता सन्नी देवलको जित

एजेन्सी : भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ले पूर्ण बहुमतका साथ सरकार बनाउने भएको छ । विभिन्न सात चरणमा भएको चुनावको मतपरिणाम बिहीबार सार्वजनिक भएको हो । बीजेपी एक्लैले झण्डै ३ सय सिटमा जित हात पार्ने निश्चित भएको छ । ५ सय ४३ सिट रहेको भारतीय लोकसभामा २ सय […]

दिल्लीमा मोदीको भव्य स्वागत : दुई लाख कार्यकर्तालाई निमन्त्रणा

एजेन्सी: भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘भव्य स्वागत’का लागि २ लाख कार्यकर्तालाई दिल्लीमा निमन्त्रणा गरेको छ । लोक सभा निर्वाचन जित्नेमा आत्मविश्वासी देखिएको भाजपाले आज साँझ दिल्ली स्थित पार्टी मुख्यालयमा प्रधानमन्त्री मोदीको सरकारलाई ‘स्वागत’ गर्नको लागि यो भेला आयोजना गर्न लागेको हो । भाजपा नेताका अनुसार, भाजपाले उसका सम्पूर्ण विजयी सांसदलाई मे २५ भित्र दिल्ली आउन […]

भारतीय लोकसभा चुनावको मतगणनाः बीजेपी अगाडि

नयाँ दिल्लीः विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासको उत्सवको रुपमा रहेको भारतीय लोकसभा चुनावको मतगणना आज सुरु भएको छ । ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौं चरणमा मतदान सम्पन्न भएको हो । […]

इन्डोनेशियामा जोको पुन: राष्ट्रपति निर्वाचीत भएपछि हिंसात्मक प्रदर्शन

इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: राष्ट्रपति निर्वाचित भएपछि हिंसात्मक प्रदर्शन भएका छन् । पर्दशनका क्रममा सर्यौ प्रदर्शनकारीहरू पक्राउ परेका छन् । राजधानी जाकार्तामा भएको विरोध प्रदर्शनले हिंसात्मक रुप लिएको छ । निर्वाचन परिणाम आउँदा विडोडोले आफ्ना चिरकालीन प्रतिस्पर्धी प्राबोवो सुबिआन्तोलाई पराजित गरेका थिए। अन्तिम परिणाम आउनुअघि उनले व्यापक धाँधली भएको आरोप लगाउँदै निर्वाचन परिणामविरुद्ध सडक […]

साउदी विमानस्थलमा ड्रोन आक्रमण

यमन: साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित नजरान सैनिक विमानस्थलमा ड्रोन आक्रमण भएको छ । यमनका हुथी विद्रोहीहरुले विमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेको विभिन्न् समाचार एजेन्सीहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअअनुसार हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–के२ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेको छ । बिस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान बिमानस्थललाई लक्षित […]

ब्राजिलको एउटा बारमा बन्दुकधारी समूहले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु

एजेन्सी: ब्राजिलको एउटा बारमा बन्दुकधारी समूहले अन्धाधुन्ध गोली हान्दा ११ जनाको मृत्यु भएको छ । विभिन्न समाचार एजेन्सीहरुले जनाएअनुसार ब्राजिलको उत्तरी भेगमा रहेको एउटा बारमा गोली चल्दा कम्तीमा ११ जनाको ज्यान गएको हो । नर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागका अनुसार, बाज्रिलको बेलम शहर नजिकको बारमा गोली चलेको हो । कम्तीमा सात जना बन्दुकधारीले अन्धाधुन्ध […]

भारतीय निर्वाचन सर्वेक्षण : नरेन्द्र मोदी पुन: प्रधानमन्त्री

काठमाडौं : भारतमा लोकसभा निर्वाचन सम्पन्न भएको छ । लोकसभा निर्वाचपछि विभिन्न मतसर्वेक्षणका रिपोट आइरहेका छन् । पछिल्लो समय आइरहेका एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणका नतिजामा नरेन्द्र मोदी पुन प्रधानमन्त्री हुने देखिएको बताइएको छ। चुनावमा मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको न्याश्नल डेमोक्र्याटिक एलाइन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय […]