मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्डको उपाधि आदर्श मावि सानोठिमीलाई , सुप्रिम दोस्रो र आदर्श मावि लायकू तेस्रो (फोटोफिचर)

भक्तपुर:  मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिताको उपाधि आदर्श माध्यामीक विद्यालय सानोठिमीले हात पारेको छ । आइतबार सम्पन्न प्रतियोगितामा आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा सुप्रिम एकेडेमी दोस्रो र आदर्श मावि लायकू तेस्रो बन्न सफल भए । प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुने विद्यालय तथा विद्यार्थीहरुलाई नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख […]

मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता शूरु (फोटोफिचर)

भक्तपुर: मध्यपुर थिमी नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता शुक्रबारबाट शूरु भएको छ । मध्यपुर खेल मैदान सानोठिमीमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति उपप्रमुख सुजाता वादे, नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय श्रेष्ठले संयुक्त रुपमा झण्डोतोलन तथा दीप प्रज्जवल गरि उद्घाटन गर्नुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले निकै नै आर्कषक मार्चपास गरेका […]

सूर्यविनायक नगरस्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न (फोटोफिचर)

भक्तपुर: सूर्यविनायक नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको हो । विभिन्न ३७ विद्यालयका १ हजार २ सय २१ विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिस र मार्सल आर्टस् विधाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीन दिनसम्म […]

चाँगुनारायण नगरपालिकामा खेलकूद पूर्वाधार विकासका लागि ५ करोड बजेट विनियोजन

भक्तपुर: चाँगुनारायण नगरपालिकाले युवाहरुका लागि लक्षित गरि खेलकूद पूर्वाधार विकास गर्न रु ५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो बजेट विनियोजन गरिएको हो । नगरपालिकाले युवा सशक्तीकरणका लागि युवा प्रतिभाको पहिचान कार्यक्रम सञ्चालन गरिनुका साथै युवाहरुलाई खेलकूद, योगजस्ता सामूहिक क्रियाकलपमा सहभागि हुने वातावरण सृजना गर्ने नीति समेत लिएको छ । […]

कागेश्वरी मनोहराका मेयर कार्कीको पहलमा मूलपानी क्रिकेट मैदानको नाम यथावत राख्ने क्यानको प्रतिबद्धता

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाको वडा नंं ६ मा रहेको माथिल्लो क्रिकेट रंगशालाको नाम मूलपानी क्रिकेट मैदानलाई नै यथावत राखीने भएको छ । नेपाल क्रिकेट संघको गत शुक्रबार बसेको केन्द्रीय कार्य समितिको बैठकले मूलपानी रंगशालाको नाम “जयकुमार नाथ शाह मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदान राख्ने निर्णय गरेको थियो । क्यानको सो निर्णयको कागेश्वरी मनोहरा नगरपालिका र नगर […]

सूर्यविनायकमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शूरु, मेयर थापाद्धारा उद्घाटन, राष्ट्रिय टिमका खेलाडीलाई सम्मान

भक्तपुर : सूर्यविनायकमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शूरु भएको छ । सुनपा ४ स्थित हर्षचोकमा आयोजित प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले सूर्यविनायकमा राष्ट्रब्यापी भलिबल प्रतियोगिता आयोजना गरिएकोमा खुसी ब्यक्त गर्नुभयो । नगरपालिकाले विकास निर्माणसँगै खेल क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएर […]

राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुसिन कराते प्रतियोगिता सम्पन्न, मेयर बासुदेव थापाद्धारा नगद पुरस्कारसहित मेडल वितरण

भक्तपुर । दोश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । ३० औ मदन स्मृति सन्दर्भमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भक्तपुरको ख्वप फुटसलमा भएको दुई दिने प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको हो । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बुधबार विजेतालाई नगद पुरस्कार, प्रमाण पत्र तथा […]