नेपाललाई विश्वमा चिनाउँदै मिस नेपाल अनुष्का श्रेष्ठ, यस्तो छ नेपाल चिनाउने भिडियो

काठमाडौं : मिस वल्ड नेपाल अनुष्का श्रेष्ठले नेपाल चिनाउने एक भिडियो सार्वजनीक गर्नुभएको छ । अनुष्कााले आफनो ब्यक्तीगत जीवनसहितको नेपाल चिनाउने भिडियो आज सार्वजनीक गर्नुभएको हो । भिडियोमा नेपालको हिमाल, पहाड र तराई झल्काउने गरि विभिन्न जातजातीको भेषभूषा, कला संस्कृति र नेपालको प्राकृतिक सुन्दरतादेखि समग्र नेपाललाई चिनाउने प्रयास गरिएको छ ।

भिडियो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ठ भएको प्रतिक्रिया समेत प्राप्त भएको छ । ५ मिनेट १५ सेकेण्डको सो भिडियोमा वास्तावमै नेपालमा चिनाउन सहयोगी बन्ने देखिन्छ । नेपाल सरकारले भिजीट नेपाल ट्वान्टी ट्वान्टी मनाउन लागिरहेको बेला अनुष्काको सो भिडियो विश्वकै ध्यानर्कषण गराउन सफल हुने देखिएको छ ।

मिस वल्ड प्रतिस्पर्धामा सहभागी बन्न अनुष्का केहि दिनमै बेलायतमा जाँदैहुनुहुन्छ । नेपालको तर्फबाट मिस वल्डमा प्रतिस्पर्धा गर्न लागिरहनु भएको अनुष्कालाई अन्तराष्टिय मिडियाले टप १० भित्र राखेको छ । त्यसो त टप २० भित्र पर्न सफल भएमा मात्र नेपालले मिस वल्डको मल्टी मिडिया अवार्ड जित्न सफल हुनेछ । आउँदो डिसेम्बर १४ तारिखमा बेलायतमा हुन लागेको मिस वल्ड प्रतिस्पर्धामा विश्वभरिबाट करिव १ सय १० भन्दा बढी देशको सहभागिता रहनेछ ।

 


प्रकाशित | २८ कार्तिक २०७६, बिहीबार १८:५७